फेन्सी तथा रेडिमेड व्यवसायीद्वारा छुट दिन आग्रह

पोखरा । फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराले घरधनी र बैंक तथा वित्तीय संस्थासँग लकडाउन अवधिको घरभाडा र व्याज रकममा छुट दिन आग्रह गरेको छ । संघले आईतबार विज्ञप्ती जारी गरी सो माग गरेको हो ।

तोकिएको समयमा बैंकमा ब्याज तथा किस्ता रकम बुझाउन पनि समस्या भएकोले किस्ता अवधि थप गर्न तथा लकडाउन अवधिको व्याज रकम छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्था सगँ आग्रह गरेको संघका अध्यक्ष राजु पौडेलले जाकारी दिए ।

कोरोना महामारीका कारण व्यवसाय ठप्प रहेकोले घरभाडामा ५० प्रतिशत छुटको माग संघले गरेको छ ।

footwear zone

You might also like

Comments are closed.