फेन्सी तथा रेडिमेड व्यवसायीले गरे छुटको आग्रह

पोखरा ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघले लकडाउन अवधिको घरभाडामा छुट दिन आग्रह गरेका छन् । संघले आईतवार विज्ञप्ती जारी गरी सो माग गरेको हो ।

कोरोना महामारीका कारण व्यवसाय ठप्प रहेकोले घरभाडामा ५० प्रतिशत छुटको माग छ । यस अघि नै घरभाडामा ५० प्रतिशत छुट दिने घरधनीलाई संघले धन्यवाद ज्ञापन गरेको छ ।

तोकिएको समयमा बैंकमा ब्याज तथा किस्ता रकम बुझाउन पनि समस्या भएकोले किस्ता अवधि थप गर्न तथा लकडाउन अवधिको व्याजमा ५० प्रतिशत छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्था सगँ संघले आग्रह गरेको छ ।

footwear zone

You might also like

Comments are closed.