पोखरा । फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराको अध्यक्षमा राजु पौडेल निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न १३ औं साधारणसभा तथासातौं अधिवेशनले प्रथम उपाध्यक्षमा एकनारायण पनेरु द्वितीय उपाध्यक्षमा यादव प्रसाद पोखरेल महासचिवमा नारायणी दवाडी सचिवमा नवराज त्रिपाठी कोषाध्यक्षमा थमनसिंह गुरुङ सहकोषाध्यक्षमा राजेन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यमा हरिप्रसाद भट्टराई, देवराज लामिछाने, ईश्वरी प्रसाद आचार्य,शान्ति श्रेष्ठ, राधा श्रेष्ठ, रजनी श्रेष्ठ, रामप्रसाद अधिकारी,संन्जय श्रेष्ठ, शान्ति थापा रहेका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले हिजोको व्यवसाय र आजको व्यवसायमा तुलना गर्न नमिल्ने बताउदै समय अनुसार व्यवसायमा सुधार गर्दे अगाडी बढनुपर्ने बताउदै व्यवसायमा राजनितीको प्रत्यक्ष प्रभाव पर्ने गरेको बताउदै अहिले पनि त्यो संकट पर्ने अवस्था रहेको बताए । अहिलेको अवस्थामा व्यवसायलाई मुनाफा कमाउनु भन्दा नि व्यवसायलाई कसरी बचाउने भन्ने पिरोलो रहेको बताउदै व्यवसायमा समय अनुसार नयाँ नयाँ चुनौतीहरू आउने बताउदै नयाँ नयाँ रणनितिका साथ व्यवसायलाई अगाडी बढाउनुपर्ने उनले बताए ।

फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका मानार्थ सदस्य संस्थापक अध्यक्ष कमलनाथ कुवरले फेन्सी व्यवसायले धेरै बेरोजगार युवाहरूलाई रोजगार दिएको बताए ।
कार्यक्रममा फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका निर्वतमान अध्यक्ष केशव वहादुर खत्रीले फेन्सी व्यवसायीहरु एकजुट भएर अगाडी वढनुपर्ने बताउदै पोखरा उद्योग वाणिज्य संघमा आफुलाई उपमहासचिवमा विजयी गराउन महत्वपुर्ण भुमिका खेल्ने सम्पुर्ण फेन्सी व्यवसायीहरुलाई धन्यवाद दिए साथै संघका पुर्व महासचिव बलराम आचार्यले पनि पोखरा उद्योग वाणिज्य संघमा आफुलाई कोषाध्यक्षमा विजयी गराउन महत्वपुर्ण भुमिका खेल्ने सम्पुर्ण फेन्सी व्यवसायीहरुलाई धन्यवाद दिए ।
कार्यक्रममा बुद्ध बिशाल वजार व्यापारिक एशोसियसनका उपाध्यक्ष शिव शर्मा, कानुनी सल्लाहकार जगननाथ ढकाल थोक व्यवसायी संघका अध्यक्ष टामलाल घिमिरे संघका पुर्व अध्यक्षहरु गिरिधारी अधिकारी,मिनराज काफ्ले लगाएतले अधिवेशनको सफल्ताको कामना गरे ।
संघले कार्यक्रममा पोखरा उधोग वाणिज्य संघमा उप महासचिवमा निर्वाचित संघका निर्वातमान अध्यक्ष केशव वहादुर खत्री र कोषाध्यक्षमा निर्वाचित संघका पुर्व महासचिव बलराम आचार्य र संघका पुर्व अध्यक्ष मिनराज काफ्लेलाई सम्मान गरेको थियो साथै पुराना व्यवसायी कोपिला पौडेल र गीता पौडेललाई विशेष सम्मान समेत गरेको थियो ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका अध्यक्ष प्रदिप कुमार मुल्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष राजु पौडेलले गरेका थिए भने कार्यक्रम सन्चालन महासचिव यादव प्रसाद पोखरेलले गरेका थिए ।




Comments are closed.