किसानले पाएनन् अनुदान रकम

गलकोट । किसानलार्ई अनुदानको रकम लिन प्रक्रियागत, प्राविधिकगत ज्ञान तथा समस्याका कारण मुस्किल पर्ने गरेकोे छ । अनुदान पाए पनि कागजात मिलाउन नसक्दा कृषि कार्यालयबाटै ठगिनुपरेको उनीहरुको गुनासो छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन म्याग्दीअन्तर्गत बागलुङका तीन जना सुन्तला किसान ग्रिनहाउस बनाउन गत आर्थिक वर्षमा रु १२ लाखका दरले अनुदान पाउने सूचीमा परेका थिए । सूचीमा परे पनि अहिलेसम्म रकम नपाएको उनीहरुको गुनासो छ । ती किसानले सुन्तला जोनअन्तर्गत ५० प्रतिशत किसान र ५० प्रतिशत सुन्तला जोनको लगानीमा सुन्तलाका बिरुवा उत्पादन गर्ने नेटहाउस निर्माण गर्न अनुदान पाएका थिए । उनीहरुले भुक्तानीमा कार्यालयले ठगेको आफूहरुलाई आरोप लगाएका छन् ।

काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले रु १२ लाखमा ५० प्रतिशत आफ्नो र ५० प्रतिशत सुन्तला जोनको लगानीमा सम्झौता गरेको, दुईवटा आधुनिक नेटहाउस निर्माण गरेको र रु तीन लाख ८१ हजार पाएको जानकारी दिनुभयो । “ रु १२ लाखको काममा राज्यले जम्मा रु छ लाख बेहोर्छ, त्यसमाथि भुक्तानीमा विभिन्न बाहना गरेर पैसा घटाउँदा ऋणमा डुब्न थालियो”, उनले भने, “गत आव जेठ २५ गते सम्झौता गर्ने कार्यालयले असार १५ मै खाता बन्द गर्दा हामी समस्यामा परेका छौँ ।” उनले सम्झौताअनुसार टनेल निर्माण गर्दा रकम कटौती भएको गुनसो गरे । उनका अनुसार दुई नेटहाउसमा अहिले १२ हजार सुन्तलाका बिरुवा तयारी अवस्थामा छन् ।

footwear zone

“ जेठमा सम्झौता भएको कार्यक्रम असार २५ मा सम्पन्न गर्दासमेत भुक्तानी घटेर आयो”, किसान कँडेल भन्छन् । सिगानाका किसान हरिबहादुर क्षेत्रीले रु १२ लाखको योजनामा जम्मा रु एक लाख ६० हजारमात्रै भुक्तानी प्राप्त गरेको जानकारी दिए । “कोरोनाले जताततै ठप्प थियो, यस्तो अवस्थामा नेटहाउसका सामग्री माग गर्दा केही समय लागेको थियो”, उनले भने, “असार मसान्तभित्रै काम सक्ने गरी सामग्री घरमा आइसकेको थियो । काम नगरेको जनाउँदै रकम कटौती भयो ।” उनले सम्झौतामा दुईवटा नेटहाउस भए पनि अनुदान कटौती भएपछि एकमात्रै बनाउएका छन् । एउटा नयाँ र अर्को मर्मतसम्भार गरी दुईवटा नेटहाउस रु आठ लाखमा निर्माण गरेको भए पनि अनुदान जम्मा रु एक लाख ६० हजार पाउँदा ऋणमा डुबेको उनको भनाइ छ । गत जेठ २५ मा सम्झौता गर्न बोलाउने कार्यालयले गत असारको १५ गते नै सम्पन्न खोजेको बताइएको छ । सुन्तलाका बिरुवामा आत्मनिर्भर बनाउन नेटहाउस निर्माण गर्ने सुन्तला जोनको लक्ष्य रहेको जनाइएको छ ।

यस्तै चार वर्षअघि जिल्ला कृषि विकास कार्यालयबाट रु २१ लाखको अनुदान कार्यक्रम पाएर तीनवटा नेटहाउस बनाएका बागलुङ नगरपालिका–१० भकुण्डेका किसान समूहले जम्मा रु पाँच लाख प्राप्त ग¥यो । अन्य टनेल बनाउँदाको ऋण समूहको थाप्लोमा रहेको दह कृषि किसान समूहका उपाध्यक्ष सुशील थापाले गुनासो गरे । “किसानलाई कृषि कार्यालयले अनुदानको नाममा ठग्दै आएको छ”, उनले भने, “पहिला कृषि कार्यालयले अनुदानमा ठग्यो, अहिले सुन्तला जोनले अनुदानका नाममा ठग्यो, रु छ लाख अनुदानमा जम्मा रु १३ हजार दियो, समूहले फर्काइदियौँ ।”

नेटहाउस निर्माणमा प्राविधिकले कमजोरी गरेका कारण केही समस्या भएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुन्तला एकाइ सुन्तला जोन म्याग्दीका प्रमुख सुधीर थापाले बताए । “प्राविधिक र किसानले समयमै सामग्री ल्याउन नसकेको यथार्थ हो, सुन्तला जोन सञ्चालक समितिले पनि अनुगमन नगर्दा समस्या भयो”, उनले भने, “गत वर्षको योजना हो, अहिले प्राविधिक सरुवा भएर गइसके, कोरोनाका कारण हामीले असार १५ सम्म काम सक्ने भनेका थियौँ, त्यतिबेलासम्म गरेको कामको मुल्याङ्कनका आधारमा मात्रै भुक्तानी दिएको हो ।”

सञ्चालक समितिलाई सबै अधिकार दिँदा अनुदान वितरणमा समस्या भएका कारण यस वर्षदेखि सञ्चालक समितिको अधिकार घटाएको प्रमुख थापाको भनाइ छ । दुवै पक्षको त्रुटि हुनसक्ने जनाउँदै गत आवको कुरा अहिले पूरा गर्न सम्भव नभएको जिकिर गरे । सञ्चालक समितिले सिफारिस मात्रै गर्ने र अनुगमनपछि मात्रै भुक्तानी दिने गरी परिपत्र आएको उनले बताए ।

You might also like

Comments are closed.