कृषिमा विदेशी लगानी राष्ट्र र किसानको हित विपरित (विज्ञप्तिसहित)

पोखरा । नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) राष्ट्र र किसानको हित विपरित रहेको नेपाल डेरी एसोसिएसनले जनाएको छ । ६५ प्रतिशत भन्दा बढी जनता कृषि तथा पशुपालन व्यवसायमा संलग्न रहेको बताउँदै एसोसिएसनले एफडिआईले यहाँको निर्वाहमुखी कृषि प्रणाली ध्वस्त हुने बताएको छ ।

बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले सरोकारवाला छलफल नै नगरी कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने निर्णय भएकोमा आपत्ती जनाए । ‘अपारदर्शी रुपमा गरिएको यो निर्णयले राष्ट्रको अर्थतन्त्रमा गम्भिर असर पुर्याउँछ,’ उनले भने ।

कृषि क्षेत्रमा एफडिआई भित्र्याउँदा निजी क्षेत्रको अर्बौंको लगानी जोखिममा पर्ने नेपाल डेरी एसोसिएसनका गण्डकी प्रदेश अध्यक्ष शिवहरि आचार्यले बताए । कार्यक्रममा बोल्दै एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडिया, एसोसिएसनका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र बजगाईं, सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज वराल, गौरिशंकर दुग्ध सहकारी संस्था लि. अध्यक्ष शंकर बराल लगायतले एफडिआईको बिरोध गरेका थिए ।

footwear zone

एसोसिएसनद्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण पाठ

You might also like

Comments are closed.