काडमाडौं । काठमाडौं विद्युतीय व्यवसायी संघले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विद्युतीय व्यवसायीहरुको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको रुपन्तरण दिवसको अवसरमा संघले कार्यक्रम गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै शनिबार महाराजगञ्जमा र आइतबार भोटेबहालमा रक्तदान कार्यक्रम सम्पन्न भएको सचिव श्रीलाल श्रेष्ठले जानकारी दिए ।
दुई कार्यक्रममा गरी १३४ युनिट रगत संकलन भएको संघले जनाएको छ ।
महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।

काठमाडौं विद्युतीय व्यवसायी संघ, गोंगबु एरिया समिति र चावहिल एरिया समितिको सहयोगमा शनिबार महाराजगञ्जमा गरिएको कार्यक्रममा जम्मा ४१ जनाले रक्तदान गरेका थिए ।
काठमाडौं विद्युतीय व्यवसायी संघ र बोधिसत्व परिवार क्लबको संयुक्त आयोजनामा आइतबार भोटेवहालमा भएको कार्यक्रममा ९३ जनाले रक्तदान गरेका छन् । संघका अध्यक्ष दिवेश कुमार जैनले रक्तदान गरी कार्यक्रम सुरु गरिएको थियो ।




Comments are closed.