मल अनुदानमा वृद्धि

काठमाडौं । सरकारले चालू आवमा पाँच लाख १८ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने भएको छ । गत वर्षको तुलनामा करिब एक लाख भन्दा बढी मल आयात गर्न लागिएको सोमबार यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

मलखाद व्यवसायी सङ्घ नेपालको पाँचांै साधरणसभा तथा दोस्रो महाधिवेशनमा यहाँ आज आयोजित कार्यक्रममा कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले मल आयातमा गत वर्ष रु १० अर्ब ५० करोडको अनुदान दिइएकामा यसवर्ष रु १२ अर्बको अनुदान दिन लागिएको जानकारी दिए ।

अर्का सचिव डा गोविन्द शर्माले कृषि उत्पादनमा आवश्यक रहेको मल वितरण प्रक्रियामा निजी क्षेत्रको संलग्नता रहेपनि मूल्य निर्धारणमा एकरुपता नरहेको भन्ने गुनासो आएकोमा चिन्ता व्यक्त गरे । सरकारले तोकेको मूल्यमा व्यवसायीले किसानको खेतबारीमा मल पु¥याउनुपर्नेमा उनले जोड दिए ।

footwear zone

सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत मल भारतलगायत अन्य मुलुकबाट आयात गर्ने व्यवस्था छ । किसानको पहुँचमा मल पु¥याउन यी संस्थाले केही सहकारी र निजी क्षेत्रका व्यवसायीलाई मल बिक्री गर्ने गर्दछन् । साल्ट ट्रेडिङ कर्पोरेशन, कृषि सामग्री कम्पनीलगायत संस्थाका प्रतिनिधिले मलको सुरक्षित भण्डारण गर्न नसकेमा त्यसको गुणस्तरमा समस्या आउने उनले बताए ।

You might also like

Comments are closed.