पोखरामा पनि आत्मदाहको प्रयास, बचाउन गएकी महिलाको अवस्था गम्भीर

पोखरा । पोखरामा पनि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । आइतबार बिहान पोखरा महानगरपालिका–१३ काँहुखोलामा स्टेशनरी पसल गर्दै आएका ४५ वर्षिय कृष्णबहादुर क्षेत्रीले आत्मदाहको प्रयास गरेका हुन् ।

आत्मदाहको प्रयास गरेका क्षेत्रीको २५ प्रतिशत शरीर चलेको छ । तर, उनलाई बचाउन गएकी घरधनी संगीता सापकोटाको शरीर भने ८५ प्रतिशत जलेको छ । सापकोटाको अवस्था गम्भीर रहेको छ । क्षेत्रको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएकाे छ। उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

कृष्णबहादुर संगीताको घरमा स्टेशनरी पसल चलाउँदै आएका थिए । ‘महिला ८५ प्रतिशत जलेकाले इमर्जेन्सीमा राखेर उपचार भइरहेको छ । अवस्था चिन्ताजनक छ’, अस्पतालका निर्देशक भरत खत्रीले भने, ‘पुरूष २५ प्रतिशतमात्र जलेका छन्, इमर्जेन्सीबाट सर्जरीमा सारेर उपचार भइरहेको छ।’

footwear zone

प्रहरीका अनुसार कृष्णले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । आगो लगाउन खोज्दा घरधनी महिलाले देखेपछि बोतल खोस्न खोजेकी थिइन् । तर, बोतल खोस्ने क्रममा उनको शरीरमा पनि पेट्रोल परेको र आगो लागेको हो ।

You might also like

Comments are closed.