भन्सार छलेर ल्याइएका दुई टन माछा नष्ट

चितवन । भारतबाट भन्सार छलेर ल्याइएका दुई टन माछा स्थानीय प्रशासनले नष्ट गरेको छ । आज बिहान २ बजे रुपन्देहीबाट काठमाडौंका लागि लैजाँदै गरेको माछा पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरले नियन्त्रणमा लिएको थियो ।

पशु क्वारेन्टिन रामनगर, मत्स्य व्यवसायी संघ चितवन र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त चेकजाँचका क्रममा माछा बरामद गरेर नष्ट गरिएको हो । माछा भरतपुर महानगरपालिका–१ मा रहेको सतनचुली सामुदायिक वनमा नष्ट गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार भन्सार छलेर ल्याइएको माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । उनका अनुसार लु२च ६८९८ नम्बरको बोलेरोमा ल्याइएको माछा नियन्त्रणमा लिई नष्ट गरिएको हो ।

footwear zone

असोज १ गतेदेखि पशु क्वारेन्टाइन, मत्स्य व्यवसायी संघ र नेपाल प्रहरीको संयुक्त टोलीले रामनगरमा चेकजाँच गर्दै आएको छ । सोमबारसमेत चेकजाँचका क्रममा रामनगरबाट छ सय २० किलो माछा बरामद गरी नष्ट गरिएको थियो । बरामद गरिएको माछामा फर्मालीनको प्रयोग गर्ने गरिएको उनले बताए।

भारतबाट भन्सार छलेर ल्याइएका माछाका कारण नेपालमा उत्पादित माछाले बजार पाउन छोडेको भन्दै माछा व्यवसायी कृषक आन्दोलनस्वरुप चेकजाँच सुरु गरेका हुन्। मकवानपुरको रातोमाटे र सिन्धुलीमा समेत चेकजाँच गरिएको संघका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिए ।

You might also like

Comments are closed.