नेपालकै नमुना प्रोजेक्ट ‘फिस्टेल ड्रिम फनपार्क’, कहिलेबाट सुरु हुन्छ सेवा ?

पार्क निर्माणको ८० प्रतिशत काम सम्पन्न

पोखरा । पोखरा १७ सीतापाइलामा ‘फिस्टेल ड्रिम फन पार्क’ निर्माण जारी छ । कोरोना महामारी र लकडाउनका कारण फनपार्क निर्माणमा ढिलाइ भएको छ । लकडाउन खुलेसँगै पार्क निर्माणले पनि क्रमशः गति लिएको छ । हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको बताइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पोखरामा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न फनपार्क बनाउन लागिएको मार्केटिङ डाइरेक्टर हिराबहादुर केसीले जानकारी दिए । ६५ रोपनी जग्गामा पार्क निर्माण भइरहेको छ ।

परियोजनामा ४० करोड रुपैयाँ लगानी गर्ने लक्ष्य भएपनि निर्माण समय लम्बिदा करिब १० करोड रुपैयाँ लगानी थप हुने केसीले बताए । ‘निर्माण सक्दासम्म लगानी ५० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ,’ केसीले भने । आगामी वैशाखसम्म पार्क सञ्चालनमा ल्याउने तयारी भइरहेको केसीले बताए ।  पार्कमा विभिन्न प्रकारका २४ वटा खेलका संरचनाहरु तयार पारिदैछ । फ्रिफल, ५ वटा स्विमिङ पुल, वेव पुल, रोलर कस्टर, १२ वटा इनडोर गेम लगायत विभिन्न गतिविधि पार्कमा समावेश गरिनेछ । सुविधा सम्पन्न रेष्टुरेन्टको सुविधा पनि उपलब्ध हुनेछ ।

‘यहाँ आएका पर्यटकले पार्कमा एक, दुई दिन सजिलै कटाउन सक्छन् । पोखरा आउने पर्यटकको बसाईं अवधि बढाउन समेत पार्कले सहयोगी भूमिका खेल्नेछ,’ केसीले भने । पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पार्क सञ्चालनमा ल्याउन लागिएको अपरेसन इन्चार्ज मदनकुमार श्रेष्ठले जानकारी दिए । भारत र चीनबाट सामानहरु आयात गरी पार्क निर्माणको काम धमाधम भइरहेको श्रेष्ठले बताए । ‘लकडाउनका कारण केही सामानहरु आउन ढिला भएको छ,’ उनले भने, ‘अब छिट्टै निर्माणको काम सम्पन्न गर्नेछौं ।’ पोखरामा पर्यटकीय गतिविधि बढाउन पार्कले महत्वपूर्ण योगदान पु¥याउने श्रेष्ठले विश्वास व्यक्त गरे ।

footwear zone

विभिन्न पेशा व्यवसायमा आवद्ध १५ जना व्यवसायीले पार्कमा संयुक्त लगानी गरेका छन् । पार्क सञ्चालनमा आएपछि २ सय जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । ‘नेपालमै हालसम्म सुरु नभएका खेल गतिविधिलाई समेत पार्कमा समावेश गर्ने तयारी भइरहेको छ,’ केसीले भने, ‘यो पार्कलाई नेपालकै नमूना प्रोजेक्टमा रुपमा विकास गर्ने हाम्रो लक्ष्य हो ।’

You might also like

Comments are closed.