काठमाडौं । फुटवेयर म्यानुफ्याक्रर्स एशोसियसन अफ नेपालका पूर्व अध्यक्ष भीमलाल पौड्यालले १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीकाे बारेमा आर्थिक आवाजसँग कुराकानी गर्दै विशेषगरी नेपाली प्रडक्टको प्रचार प्रसार गर्ने अनि अन्तर्राष्ट्रिय बजारमा भएका प्रविधि र कच्चा पदार्थका बारे जानकारी लिन तथा दिनका लागि प्रदर्शनी गरिएको बताएका छन् ।
उनले भने, ‘अहिलेसम्म हामीले उपभोक्तालाई मात्रै लक्षित गरेर प्रदर्शनी गर्दै आएका थियौं यसपटक भने उपभोक्तालाई नभइ व्यवसायीलाई लक्षित गरेर प्रदर्शनी गरिएको हो । यो नितान्त व्यावसायिक प्रदर्शनी हो । यहाँ नेपालसहितअन्तर्राष्ट्रिय बजारका व्यवसायीहरुलाई प्रत्यक्ष भेट गराउने एउटा उद्देश्य पनि हो । ‘
उनले यस वर्षको प्रदर्शनीमा कच्चा पदार्थका थुप्रै स्टलहरु रहने बताए । उनले भने, ‘यसमा कतिपय अन्तर्राष्ट्रिय बजारका कच्चा पदार्थका उत्पादहरु आएका छन् । यसले गर्दा सहज तरिकाले कच्चा पदार्थको उपलब्धता होस् भन्ने हाम्रो उद्देश्य हो ।’

प्रदर्शनीमा आन्तरिकसँगै अन्तर्राष्ट्रिय तर्फ चीन, भारत, बंगलादेश, पाकिस्तानका फुटवेयर सेक्टरका स्टलहरु रहने छन् । यो प्रदर्शनीबाट नेपाली फुवेयर प्रडक्टको बजार वृद्धि, अन्य तरिकाले पनि उत्पादन गर्न सकियोस्, उत्पादन गरिएका सामानहरु सहज तरिकाले सबै उपभोक्तासम्म जाओस् र एक्सपोर्ट गर्न लायक सामानहरु उत्पादन हुन् भन्ने अपेक्षा गरेका छौं ।
प्रदर्शनीमा आएका बिक्रेताहरुलाई नेपाली वस्तुहरु बेच्नुस्, बाहिरबाट आएका कपी वस्तुहरु भन्दा नेपालमा उत्पादन भएको वस्तुहरुको क्वालिटी पनि राम्रो छ । उपभोक्तालाई धेरै समयसम्म टिक्ने र धेरै मोडलका फुटवेयरहरु नेपालमा उत्पादन भएका छन् भन्ने कुरा बुझाउन चाहान्छौं । कतिपयलाई साँच्चै यी नेपाली वस्तु हुन् कि होइनन् भन्ने भ्रम पनि छ । त्यसकारण हामीले प्रयोग गरेका उत्पादन सहित देखाएर आत्मविश्वास दिलाउने छौं । आजबाट १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी सुरु हुँदैछ ।




Comments are closed.