१७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला भृकुटीमण्डपमा सुरु

काठमाडौं । नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला आजबाट सुरु भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गरेकी हुन्। जुत्ता उत्पादक संघले नेपालले आयोजना गरेको मेलामा कूल एक सय ७० स्टल  रहेका छन् ।

उक्त मेलामा  स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता  प्रदर्शनीमा राखिएको छ । मेला संयोजक सुरज बञ्जाडेका अनुसार तीन दिने मेलामा ४० विदेशी कम्पनी पनि रहने छन् ।

 

footwear zone

You might also like

Comments are closed.