चन्द्र ढकालको समूह सक्षम, सबल र समावेशी छ, चुनाब जित्छ : पूर्व अध्यक्ष चण्डी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालसहितको प्यानलले चुनाव जित्ने महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले बताएका छन् ।

चन्द्रप्रसाद ढकाल नेतृत्वको समूहले समावेशी रुपमा सबै पक्षलाई मिलाएर अघि बढेकाले जीत सुनिश्चित रहेको उनले जिकिर गरे । चन्द्र ढकाल नेतृत्वको समूहका उम्मेदवारहरुको मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रममा उनले यस्तो बनाएका हुन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्न आफ्नो नेतृत्वको समूहको जीत आवश्यक रहेको बताएका छन् ।

footwear zone

‘मेरो नेतृत्वको समूहले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघका तर्फबाट नीतिगत रुपमा व्यवसायमैत्री वातावरण बनाउन सरकारसँग अझ सशक्त रुपमा लविङ गर्नेछ,’ उनले भने ।

ढकाल समूहबाट मंगलबार विभिन्न व्यक्तिले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

You might also like

Comments are closed.