उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमबीच सहकार्य

काठमाडाैं । नेपालका निजी क्षेत्रको अवस्थाको मूल्यांकन गरी यस क्षेत्रले अर्थतन्त्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै नीति निर्मातालाई जानकारी गराउन नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले हातेमालो गर्ने सहमति गरेका छन् ।

यो सहकार्यबाट एउटा संयुक्त प्रतिवेदनको तयार हुनेछ। यस प्रतिवेदनले देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावका बारेमा तथ्यांक, अवधारण, विश्लेषण र नीतिगत सुझाव प्रस्तुत गर्नेछ। सो कार्यले सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाबीच निजी क्षेत्रको विकासका सवालबारे नीतिगत बहसका लागि आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्य लिएको छ ।

सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको छ । उनानसय प्रतिशतभन्दा बढी औपचारिक व्यवसाय निजी क्षेत्रको स्वामित्वमा छन् । यसमा शिक्षा तथा स्वास्थ्य जस्ता सामाजिक क्षेत्रमा गरिएका उल्लेख्य लगानी समावेश छ। पुँजी निर्माण तथा रोजगारीका अवसरको सिर्जनामा निजी क्षेत्रको बढ्दो उपस्थिति रहेको छ। मुलुकभित्र लाखौँ जनशक्ति निजी क्षेत्रमा, विशेषगरी कृषिमा आबद्ध रहेका छन् ।

footwear zone

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भने, “नेपालका विकाससम्बन्धी लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्रको थप विकास तथा सुदृढीकरण आवश्यक छ। सुसुचित नीतिगत सुधार एवं सार्वजनिक तथा निजी क्षेत्रबीच बहसबाट मात्रै यो हासिल गर्न सम्भव रहेको छ ।”

विश्वको सबैभन्दा ठूलो विकास साझेदारका रूपमा अन्तर्राष्ट्रिय वित्त निगम नेपालमा बजार तथा अवसरको विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको छ । यसका लागि घरेलु तथा विदेशी लगानीकर्ताहरूका लागि लगानी गर्ने वातावरणमा थप सुधार गर्न आवश्यक छ ।

अन्तर्राष्ट्रिय वित्त निगमका नेपालका लागि आवासीय प्रतिनिधि बाबाकार एस.फायेले भने, “सार्वजनिक–निजी क्षेत्रबीचको नीतिगत बहसलाई थप सुसुचित गर्नुका साथै नेपाली नागरिकको हितका लागि निजी क्षेत्रले विकासमा पार्ने प्रभाव अभिवृद्धि गर्न यस क्षेत्रको अवस्थाबारे सघन रूपमा अनुसन्धान गरिएको विश्लेषणात्मक आवधिक प्रतिवेदन महत्वपूर्ण हुनेछ ।”

You might also like

Comments are closed.