काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य शैलेन्द्र गुरागाईंको सभापतित्वमा पुँजी बजार फोरम विस्तार भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विधानको व्यवस्था बमोजिम फोरमलाई विस्तार गरेर पूर्णता दिएका हुन् ।
फोरमको उपसभापतिको जिम्मेवारीमा धर्मराज सापकोटा र विजयलाल श्रेष्ठ नियुक्त भएका छन् ।
फोरमको सदस्यमा सागर ढकाल, रमेश कुँवर, भरत बहादुर खत्री, तुल्सीराम ढकाल र घनश्याम पौडेल नियुक्त भए । फोरमको आमन्त्रित सदस्यमा सन्तोष पौडेल, भिष्म राज चालिसे, सृजना सुवेदी, प्रकाश भुषाल, सन्तोष राज नेपाल, केशव प्रसाद भण्डारी र सरिता विष्ट छन् । आत्माराम घिमिरे र भरत रानाभाट सल्लाहकार नियुक्त भएका छन् ।

पुँजीबजारको विकासमा फोरम सक्रिय हुने विश्वास लिइएको छ ।




Comments are closed.