काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा बिपत व्यवस्थापन समितिको सदस्यमा मनबहादुर साउद मनोनीत भएका छन् ।
महासंघको विधानको व्यवस्था बमोजिम अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई मनोनीत गरेका हुन् ।
महासंघको स्वास्थ्य तथा बिपत व्यवस्थापन समितिको सदस्यमा गरेको साउदले अध्यक्ष ढकालसहित बस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल, समिति सभापति भक्त हमाल, उपसभापति रबिन पुरी लगायतलाई आभार व्यक्त गरेका छन् ।

प्राप्त जिम्मेवारी इमान्दारीका साथ बहन गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।




Comments are closed.