काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समिति सदस्यमा व्यवसायी अशोक श्रेष्ठ मनोनीत भएका छन् ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विधानको व्यवस्था बमोजिम श्रेष्ठलाई मनोनीत गरेका हुन् ।
महासंघ कार्यसमिति सदस्य डा. सुबोधकुमार गुप्ता उक्त समितिको सभापति रहेका छन् ।

महासंघको व्यापार समिति सदस्यमा मनोनीत गरेकोमा श्रेष्ठले महासंघ अध्यक्ष, पदाधिकारी, व्यापार समितिका सभापति सुबोध कुमार गुप्ता लगायतलाई आभार व्यक्त गर्दै प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।




Comments are closed.