महासंघको व्यापार समितिले पायो पूर्णता

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिले पूर्णता पाएको छ । समितिको सभापतिको जिम्मेवारीमा महासंघ कार्यसमिति सदस्य डा.सुवोध कुमार गुप्ता छन् ।

महासंघको विधानको व्यवस्था बमोजिम उक्त समितिलाई पूर्णता प्रदान गरिएको हो ।

समितिको उपसभापतिमा लिलेन्द्र प्रसाद प्रधान, प्रयास कार्की र ओम प्रकाश बंसाल मनोनीत भएका छन् । सदस्यमा ओमनाथ महर्जन, माधव राजपाल, अशोक कुमार श्रेष्ठ, सुजिल श्रेष्ठ, चन्द्र थापा मनोनीत भएका छन् ।

footwear zone

आमन्त्रित सदस्यमा उमेश प्रसाद लामिछाने, प्रकाश चन्द्र सुवेदी, प्रदिप खड्का, सन्तोष पोखरेल, रेशम प्रसाद देवकोटा, मनोज कुमार घिमिरे र ईन्द्र बहादुर महर्जन छन् । सल्लाहकारमा मणिक रत्न शाक्य मनोनीत भएका छन् ।

You might also like

Comments are closed.