नेउवा महासंघ गण्डकीमा सदस्य र सल्लाहकार मनोनयन, उपसमिति गठन

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको पहिलो बैठकले कार्यसमिति सदस्य तथा सल्लाहकार चयन एवं विभिन्न उपसमितिहरु गठन गरेको छ ।

महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाको अध्यक्षतामा शनिबार बागलुङमा सम्पन्न बैठकले उमन स्किल डेभलपमेण्टकी रामकली खड्का,चरक मेमोरियल मेडिकेयर अस्पतालका रामचन्द्र रेग्मी, लेखनाथ उद्योग वाणिज्य संघका विशिष्ठ सदस्य एवं पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर केसी तथा पोखरा भिलेज रिसोर्टका हरिप्रसाद गैरेलाई कार्यसमिति सदस्य पदमा मनोनित गरेको हो ।

यसैगरि बैठकले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका एसोसियट उपाध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वउपाध्यक्ष आजाद श्रेष्ठ, पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठ,पूर्वकेन्द्रीय सदस्यहरु निर्माणकुमार श्रेष्ठ,चन्द्रकृष्ण कर्माचार्य र होमनारायण श्रेष्ठलाई सल्लाहकारमा मनोनित गरेको छ ।

footwear zone

महासंघ गण्डकीअन्तर्गत उपसमितिहरु गठन गर्ने सिलसिलामा रोजगारदाता परिषद सभापतिमा लक्ष्मीप्रसाद त्रिपाठी,महिला उद्यम विकास समितिको सभापतिमा रामकली खड्का,प्रशासन उपसमितिमा मोतिप्रसाद पौडेल, पर्यटन व्यवस्थापन उपसमितिमा सूर्यबहादुर भुजेल तथा विधान संशोधनको लागि गण्डकी प्रदेशस्तरीय मस्यौदा उपसमितिमा ओमप्रसाद पौडेल चयन भएका छन्। महासंघ गण्डकीको पुस ११ गते भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको थियो ।

You might also like

Comments are closed.