काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि बरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानले सोमबार उम्मेदवारी दर्ता गरेका छन् । उनको प्यानलबाट अन्य उपाध्यक्षहरुले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
प्रधानको समूहबाट जिल्ला नगरतर्फ उपाध्यक्षमा दीनेश श्रेष्ठ, वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एशोसियट उपाध्यक्षमा सौरभ ज्योतीले उम्मेदवारी प्रस्तुत गरेका छन् ।

उम्मेदवारी प्रस्तुत कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारी प्रधानले समावेशी टिम बनाएर आफू प्रतिस्पर्धामा होमिएको बताए । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते हुँदैछ ।
र यो पनि : किशोर प्रधानको पक्षमा यसरी प्रस्तुत भए शेखर गोल्छा




Comments are closed.