पत्रकारले गरे पर्यटन प्रवद्र्धनात्मक भ्रमण

पर्यटकलाइ स्वागत गर्न आतुर ढोरपाटनबासी

पोखरा । कोरोना महामारिका कारण अहिले नेपालको मात्रै नभै बिश्वभरिको आर्थिक क्रियाकलापमा सुस्ती आएको छ। महामारीकै कारण नेपाल जस्ता अति बिपन्न रास्ट्रहरुमा यसको उच्च प्रभाब परेको देखिन्छ। कोरोना माहामारिले शिथिल अर्थतन्त्र र पर्यटन क्षेत्रको उत्थानकालागि भन्दै गण्डकी प्रदेशमा यो क्षेत्रसंग सम्बन्धित संघ संस्था र सरकारी निकाय क्रियाशिल हुन थालेका छ्न्।

यसैबिच नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले पर्यटन पुनर्जागरणका निम्ति नेपाल पर्यटन बोर्डको सहयोगमा गण्डकी प्रदेशमा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेको छ। नवलपुरबाट शुरु भएको प्रबर्द्धन यात्रा पोखरा हुँदै बाग्लुङको ढोरपाटन सम्मको यात्रा तय गर्दै फेरि पोखरामा पुगि समापन भएको थियो। गण्डकी प्रदेशका विभिन्न संचार माध्यममा क्रियाशिल डेढ दर्जन पत्रकारहरुको टोलिले प्रदेशका बिभिन्न पर्यटकिय गन्तव्यहरुको भ्रमण सहित स्थानीय र सरोकारवालासँग कोरोना कहर पछिको अबस्था र अबको समाधान खोज्ने क्रममा अन्तरक्रिया समेत गरेको थियो।

गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माको स्थानीय संयोजनमा शुरु भएको प्रबर्द्धनात्मक यात्रा पोखरा हुँदै बागलुङ पुगेको थियो। सो टोलिले पत्रकार महासंघ बागलुङको कार्यालयमा एक विशेष कार्यक्रम को आयोजना गरि अन्तर्क्रीया सम्पन्न गरेको महासंघ बाग्लुङका अध्यक्ष दिल श्रीसले बताए ।

footwear zone

तत्पश्चात टोलिले बागलुङको नयाँ पर्यटकिय गन्तव्य पन्चकोट हुँदै नेपालको एक मात्रै सिकार आरक्षको रुपमा रहेको ढोरपाटन शिकार आरक्षणको स्थलगत अबलोकन सहित त्यहाँका स्थानिय र पर्यटन सम्बन्धि निकाय तथा ,आरक्षण ब्यबस्थापन संग अन्तक्रिया ग¥यो। कार्यक्रममा सो स्थानका स्थानियहरुले आफुहरु पर्यटकहरुको स्वागत गर्न आतुर भएको भन्दै घुम्न आउन आग्रह गरे। सो अबसरमा सो आरक्ष सुरक्षार्थ खटिएको शत्रुमर्दन गुल्मका गुल्मपति नरेश अर्यालले बाटोको ब्यबस्थित पुर्बाधार तयार हुँदै गरेको र सो निर्माण सम्पन्न पछि त्यहाँको पर्यटनले थप उचाइ लिने बिश्वास ब्यक्त गरे। रेन्जर प्रकाश पोख्रेलले आरक्षको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए।

टोलिले बागलुङको अर्को पर्यटकिय स्थान तारा खोला गाउपालिकाको स्थलगत अबलोकन गरि त्यहाँका स्थानिय सँग साक्षात्कार गर्यो । कार्यक्रममा ताराखोला गाउँ पालिकाका अध्यक्ष प्रकाश घर्ती मगर लगायतका पदाधिकारी र स्थानियहरुले सो पालिकाको पर्यटनका विशेषताहरुको बारेमा टोलिलाइ अबगत गराएको थियो ।

अध्यक्ष घर्ती मगरले स्थानीय उत्पादनसँग जोडेर गाउँपालिकाले कृषीमा आधारित पर्यटनको राम्रो सम्भावना सो क्षेत्रमा रहेको भन्दै पत्रकारहरुलाइ सोहि अनुसार प्रचार गरिदिन आग्रह गरे।

गण्डकी देशको महत्वपुर्ण पर्यटनको केन्द्रबिन्दु र संभावना भएको प्रदेश भएकोले कोरोना महामारीका कारण सृजित अप्ठ्यारोहरुको पहिचान सहित निराकरणका उपाय खोज्दै यसलाइ पुरानै लयमा फर्काउनु हामी सबैको कर्तब्य भएको हुदा पत्रकार महासंघ यसमा लागि पर्ने अध्यक्ष त्रिभुवन पौडेलले बताए । उनले पत्रकारिता क्षेत्र मार्फत थप पर्यटन प्रबर्द्धनका कार्यक्रम तय गरिने प्रतिक्रीया दिए। महासचिब गणेश पौडेलले पर्यटकिय गन्तब्यहरुको समस्याको पहिचानमा कार्यक्रम सफल भएको दाबी गर्दै पर्यटनको पुनरुत्थानमा आ आफ्नो क्षेत्रबाट लागि पर्न प्रदेशबासीलाइ आह्वान समेत गरे।

You might also like

Comments are closed.