जुत्ता चप्पल ब्यापार प्रवर्दन मेलामा अवलोकनकर्ताको आकर्षण

काठमाडौं । फुटवयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालद्वारा काठमाडौंको भृकुटी मण्डपमा आयोेजित जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला जारी छ । शुक्रबार मेलाको करिब ५ हजार जनाले अवलोकन गरेको संयोजक सुरज बन्जाडेले जानकारी दिए । करिब १६ लाख रुपैयाँ बराबरको कारोबार भएको उनले बताए ।

शुक्रबारसम्म मेलाको ९ दिन सम्पन्न भएको छ । जेठ ८ गतेसम्म जारी रहने मेलामा दिनप्रतिदिन अबलोकनकर्ताहरुको बृद्धि भइरहेको आयोजकको भनाइ छ । मेलामा शनिबार अवलोकनतकर्ताको अत्याधिक भिड हुने अपेक्षा गरिएको छ ।

मेलामा २२ कम्पनीले करिब सय वटा स्टलमा आफ्ना उत्पादन बिक्री तथा प्रदर्शनी तथा बिक्रीका लागि राखेका छन् ।

footwear zone

मेलामा गोल्डस्टार, शिखर सुज, बिएफ डियर हिल, रोयल, रन सुज, सुल्याण्ड, कोशेली, क्रसरोड, केटिएम सुज, स्मार्ट, फस्टवाल्क, वान वल्र्ड, हाइलाइफ, सिल सुज, ह्याप्पी, बोस सुज, फस्ट स्टेप, बाम्बो सुज, बिएफ स्पोर्टस् लगायतका ब्राण्डका जुत्ता चप्पल मेलामा प्रदर्शनी एवं बिक्रीमा छन् ।

मेलामा उपभोक्ताको हितलाई ध्यानमा राख्दै १० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ । छुटका कारण उपभोक्ताहरु प्रत्यक्ष लाभान्वित भएको एसोसिएसनका पूर्व अध्यक्ष एवं मेलाका सल्लाहकार होमनाथ उपाध्यायले बताए । मेलामा एक हजार मोडलका जुत्ता चप्पल एकै स्थानबाट खरिद गर्न सकिने उनले बताए ।

You might also like

Comments are closed.