भृकुटीमण्डपमा ‘दसैं जुत्ता चप्पल व्यापार मेला’ भदौ ५ देखि २० गतेसम्म

काठमाडौं । नेपाल फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको आयोजनामा ‘दसैं जुत्ता चप्पल व्यापार मेला’ आयोजना हुने भएको छ । भदौ ५ गतेदेखि २० गतेसम्म मेला सञ्चालन हुने एसोसिएसनका उपाध्यक्ष एवं मेला संयोजक सुरज बञ्जाडेले जानकारी दिए ।

मेलामा नेपालका चर्चित ब्राण्डका कम्पनीहरु सहभागी हुने बताइएको छ । भृकुटी मण्डपको ठूलो चौरमा हुने मेलामा ३० वटा स्टल रहनेछन् । चाडपर्वलाई लक्षित गरी मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ ।

मेलामा जुत्ता चप्पल खरिद गर्दा १५ देखि ५० प्रतिशतसम्म छुट प्रदान हुनेछ । ‘मेलामा ५ लाख भन्दा बढी ग्राहकको अपेक्षा गरेका छौं,’ संयोजक बञ्जाडेले भने, ‘चाड पर्व नजिकिने क्रममा आयोजित मेलाबाट धेरै भन्दा धेरै ग्राहकले प्रत्यक्ष लाभ लिनुहुनेछ ।’

footwear zone

स्वदेशी ब्राण्डको प्रवद्र्धन गर्नका लागि मेला प्रभावकारी हुने आयोजकको विश्वास छ ।

You might also like

Comments are closed.