पाँचौ दशैं व्यापार प्रवर्द्धन मेला आइतबारबाट

काठमाडौं । पाँचौ दशैं व्यापार प्रवर्द्धन मेला २०७९ आइतबारदेखि शुरु हुँदैछ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने मेलाले नेपाली उत्पादनको बजारीकरण र बिक्री प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

साथै नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तुको विषयमा सकारात्मकताको सञ्चार गर्न सघाउने र आम नेपालीहरुमा राष्ट्रियताको भावना प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वास गरिएको छ । मेलाको प्रभावकारीताका लागि यस वर्ष तीज, दशैं जस्ता चाँडलाई लक्षित गरि अझ वृहद र प्रभावकारीरुपमा व्यापार मेलाको आयोजना गर्न लागिएको एसोसिएसनका उपध्याक्ष एवं मेला संयोजक सुरज बन्जाडेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मेला भदौ ५ गते (आइतबार) देखि २० गतेसम्म काठमाडौंको भृकुटि मण्डपमा सञ्चालन हुनेछ । मेलामा लेडिज, जेन्स र बालबालिका सबैलाई समेट्ने गरि नेपालमा उत्पादित जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु र स्वदेशमै तयार गरिएका चाडबाड लक्षित जुत्ता चप्पल रहने छन् । साथै ३० भन्दा बढी ब्राण्डका १ हजार मोडल जुत्ता १० देखि ५० प्रतिशतसम्म छुटमा पाउन सकिनेछ ।

footwear zone

मेलामा बेस फुटवेयर इण्डष्ट्रिज, कोशेली छाला जुत्ता उद्योग प्रा.लि, लालीगुँरास फुटवेयर, शुभकामना फुटवेयर प्रोडक्ट नेपाल प्रा.लि, पवित्रा शुज इण्डष्ट्रिज, रन शुज इण्डष्ट्रिज, स्मार्ट शुज इण्डष्ट्रिज प्रा.लि, सम्राट शुज प्रा.लि, नमस्ते फुटवेयर प्रा.लि का जुत्ता चप्पल पाउन सकिनेछ । मेला २ लाख ५० हजारभन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकहरुले भ्रमण गर्ने अनुमान गरिएको छ भने, ३ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

यस्ता छन् मेला आयोजनाका उद्देश्यहरु
स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्नो उत्पादनका बारेमा जानकारी गराउन, स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न प्रदर्शनी मेलाको माध्यमबाट व्यापक प्रचारप्रसार गरि बाह्य बजारसमेत विस्तार गर्ने रणनीतिक पहल गर्नु, विदेशी जुत्ता चप्पल तथा छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्प्ल तथा छालाका वस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई अत्मनिर्भर बनाउनु, उपभोक्ताहरु नै उत्पादनलाई सफल बनाउने मूल पात्रहरु भएकाले वास्तविक उपभोक्तासँग उत्पादनहरुले प्रत्यक्ष भेटी उनिहरुका गुनासो तथा राय सुझाव संकलन गरी कमीकम्जोरीलाई सच्याउँदै आफ्ना उत्पादनहरुमा सुधार ल्याउनुलगायतका रहेका छन् ।

You might also like

Comments are closed.