भृकुटी मण्डप जुत्ता चप्पल मेलामा तीजको सपिङ

काठमाडौं । नेपाल फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालद्वारा आयोजित ‘दसैं जुत्ता चप्पल व्यापार मेला’ जारी छ । पाँचौै दिन बिहीबारसम्म मेलामा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको अध्यक्ष नानीराज घिमिरेले बताए ।

भदौ ५ गतेबाट सुरु भएको मेला २० गतेसम्म चल्नेछ । हरितालिका तीज नजिकिएसँगै मेलामा तीजका लागि जुत्ता चप्पल खरिद गर्नेहरुको आकर्षण देखिएको एसोसिएसनका उपाध्यक्ष एवं मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए ।

‘तीजका लागि सस्तोमा जुत्ता चप्पल खरिद गर्ने अवसर मेलाले प्रदान गरेको छ,’ उनले भने, ‘तीजकै लागि भनेर धेरैले जुत्ता चप्पल खरिद गरिरहनुभएको छ । आगामी दिनमा यो क्रम अझै बढ्नेमा हामी विश्वस्त छौं ।’

footwear zone

मेलामा नेपालका चर्चित ब्राण्डका कम्पनीहरु सहभागी भएकाले गुणस्तरीय जुत्ता चप्पल खरिद गर्न सकिने एसोसिएसनका पूर्व अध्यक्ष होमनाथ उपाध्याय बताउँछन् । मेलामा जुत्ता चप्पल खरिद गर्दा १५ देखि ५० प्रतिशतसम्म छुट प्रदान भइरहेको उनले जानकारी दिए ।

स्वदेशी ब्राण्डको प्रवद्र्धन गर्न मेला आयोजना गरिएको आयोजकको भनाइ छ ।

You might also like

Comments are closed.