दसैं जुत्ता चप्पल व्यापार मेला भृकुटी मण्डपमा भदौ २० गतेसम्म

काठमाडौं । पाँचौ दसैं जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला काठमाडौंको भृकुटी मण्डपमा जारी छ । मेला भदौं २० गतेसम्म जारी रहनेछ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मेलामा जुत्ता चप्पल खरिदमा ५० प्रतिशतसम्मको छुट उपलब्ध गराइएको संयोजक सुरज बञ्जाडेले जानकारी दिए । भारी छुटमा जुत्ता चप्पल प्राप्त हुँदा उपभोक्ताहरु लाभान्वित भएको उनले बताए ।

मेला सकिने समय नजिकिएसँगै ग्राहकको उपस्थिति उत्साह जनक रुपमा बढेको आयोजकको भनाइ छ । मेलाको अन्तिम शनिबार भदौ १८ गते अवलोकनकर्ताको अझै भिड लाग्ने आयोजकको विश्वास छ । ‘नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरि आयोजना गरिएको मेलामा ग्राहकहरुको आकर्षण बढ्दो छ,’ उनले भने, ‘मेलाले स्वदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको विषयमा सकारात्मकताको सञ्चार गर्न सघाएको छ ।’

मेलामा बेस फुटवेयर इण्डष्ट्रिज, कोशेली छाला जुत्ता उद्योग प्रा.लि., लालीगुँरास फुटवेयर, शुभकामना फुटवेयर प्रोडक्ट नेपाल प्रा.लि, पवित्रा शुज इण्डष्ट्रिज, रन शुज इण्डष्ट्रिज, स्मार्ट शुज इण्डष्ट्रिज प्रा.लि., सम्राट शुज प्रा.लि., नमस्ते फुटवेयर प्रा.लि. का जुत्ता चप्पल पाउन सकिन्छ ।

footwear zone

सस्तो मूल्यमा जुत्ता चप्पल खरिदको अवसरले धेरै ग्राहकहरु लाभान्वित भइरहेको एसोसिएसनका उपाध्यक्ष रुद्र न्यौपानेले बताए । ‘बाँकी दिनमा पनि उल्लेख्य संख्यामा ग्राहकको उपस्थिति रहनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

You might also like

Comments are closed.