काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन आफ नेपालको प्रतिनिधि मण्डलले भारतमा आयोजित फुटवेयर फेयरको अवलोकन गरेकोछ । भारतको नयाँ दिल्लीमा छैटौं इन्डिया इन्टरनेसनल फुटवेयर फेयर सेप्टेम्बर १ देखि ३ सम्म भएको थियो ।
एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेको नेतृत्वमा उद्योगीहरु फेयरमा सहभागी भएका हुन् । अन्तर्राष्ट्रिय प्रविधि तथा अन्तर्राष्ट्रिय स्तरका मेलाहरुको प्रत्यक्ष अवलोकन गर्न आफूहरु फेयरमा सहभागी भएको अध्यक्ष घिमिरेले बताए ।
टोलीमा वरिष्ठ उपाध्यक्ष चोककुमार श्रेष्ठ, उपाध्यक्ष सुरज बन्जाडे, महासचिव ज्ञानेन्द्र दाहाल लगायत राजन श्रेष्ठ, त्रिलोक श्रेष्ठ, उत्तम अधिकारी, अनुज पोद्दार, राजेश बगाडिया, छवि पौड्याल र पदमराज पौडेल सहभागी भएका थिए ।

एसोसिएसनले नेपालमा आगामी जनवरी ४ देखि ६ सम्म १६औं अन्तर्राष्ट्रिय फुटवयर एक्स्पो गर्दैछ । उक्त एक्स्पोमा अन्तर्राष्ट्रिय सहभागिता बढाउन पनि भ्रमण उपलब्धिपूर्ण रहेको अध्यक्ष घिमिरेले जानकारी दिए ।





Comments are closed.