फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनद्वारा आयोजित जुत्ता चप्पल मेला केही दिन थप

काठमाडौं । पाँचौ दसैं जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला काठमाडौंको भृकुटी मण्डपमा जारी छ । गत भदौ ५ गतेबाट आयोजित मेला २० गतेसम्म चल्ने भनिएपिछ ग्राहकको सुविधालाई ध्यानमा राख्दै केही दिन थप भएको मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मेला भृकुटीमण्डपस्थित ठूलो चौरमा आयोजना भइरहेको उनले बताए । मेला छोटो अवधिको भएकाले केही दिन थप गर्न ग्राहकको माग भए अनुसार समय थप गरिएको र केही दिन जारी रहने उनले बताए ।

मेलामा जुत्ता चप्पल खरिदमा ५० प्रतिशतसम्मको छुट उपलब्ध गराइएको एसोसिएसनले जनाएको छ । भारी छुटमा जुत्ता चप्पल प्राप्त हुँदा उपभोक्ताहरु लाभान्वित भएको अध्यक्ष नानीराज घिमिरेले बताए ।

‘नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरि आयोजना गरिएको मेलामा ग्राहकहरुको आकर्षण बढ्दो छ,’ उनले भने, ‘मेलाले स्वदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको विषयमा सकारात्मकताको सञ्चार गर्न सघाएको छ ।’

footwear zone

सस्तो मूल्यमा जुत्ता चप्पल खरिदको अवसरले धेरै ग्राहकहरु लाभान्वित भइरहेको एसोसिएसनका उपाध्यक्ष रुद्र न्यौपानेले बताए । ‘मेला थप भएका दिनमा पनि उल्लेख्य संख्यामा ग्राहकको उपस्थिति रहनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

You might also like

Comments are closed.