काठमाडौं । फुटवयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपालको आयोजनामा ‘जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला’ सुरु भएको छ । कात्तिक २४ गते सुरु भएको मेला पुस २ गतेसम्म भृकुटीमण्डप काठमाडौंस्थित ठूलोचौरमा चल्नेछ ।
जाडो मौषमलाई लक्षित गरी एसोसिएसनले मेला आयोजना गरेको संघका पूर्व अध्यक्ष एवं मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।
मेलामा जुत्ता चप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको उपाध्यायले जानकारी दिए । सय रुपैयाँको चप्पलदेखि १० हजार रुपैयाँसम्मका जुत्ताहरु खरिद गर्न सकिने उनले बताए । न्यानो जुत्ता तथा विवाहको लगनलाई लक्षित गरी पार्टी सुजहरु मेलामा उपलब्ध रहेको संघका उपाध्यक्ष एवं रन सुजका प्रवन्ध निर्देशक रुद्र न्यौपाने जानकारी दिए ।

क्याजुअल सुज, लेडिज सुज, बेबी सुज, स्पोर्टस् सुज लगायतका जुत्ता चप्पल मेलामा उपलब्ध हुनेछन् । छालाका पेटीहरु पनि उपलब्ध रहनेछन् । मेलामा ३ हजार भन्दा बढी मोडलका जुत्ता चप्पलहरु एकै स्थानमा खरिद तथा अवलोकन गर्न सकिने कार्यसमिति सदस्य तथा मेलाका सहसंयोजक जीवन श्रेष्ठले जानकारी दिए ।
मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । मेलामा स्वदेशी चर्चित ब्राण्डहरुको सहभागिता रहेको बताइएको छ । सहभागी ब्राण्डहरुमा बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, स्मार्ट, स्टाइल, सिल लगायत अन्य विभिन्न ब्राण्डहरुको जुत्ता चप्पलको सहभागिता रहेको संयोजक उपाध्यायले जानकारी दिए ।




Comments are closed.