भृकुटी मण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला’ जारी

काठमाडौं । फुटवयर म्यानुफ्याक्चर्र एसोसियसन अफ नेपालले आयोजना गरेको ‘जुत्ता चप्पल ब्यापार प्रवर्द्धन मेला’ भृकुटीमण्डप जारी छ। कात्तिक २४ गतेदेखि सुरु भएको मेला आगामी पुस २ गतेसम्म चल्नेछ। आम निर्वाचनका कारण मेलामा सामान्य प्रभाव परेपनि अहिले भने मेला प्रति ग्राहकको आकर्षण बढ्दो रहेको संघका पूर्व अध्यक्ष एवं मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए।

जाडो मौषमलाई लक्षित गरी आयोजना गरिएको मेलामा जुत्ता चप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको संयोजक उपाध्यायले जानकारी दिए । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको छ ।

न्यानो जुत्ता तथा विवाहको लगनलाई लक्षित गरी पार्टी सुजहरु मेलामा उपलब्ध रहेको संघका उपाध्यक्ष एवं रन सुजका प्रवन्ध निर्देशक रुद्र न्यौपाने जानकारी दिए । मेलामा सय रुपैयाँको चप्पलदेखि १० हजार रुपैयाँसम्मका जुत्ताहरु खरिद गर्न सकिने उनले बताए ।

footwear zone

मेलामा क्याजुअल सुज, लेडिज सुज, बेबी सुज, स्पोर्टस् सुज, छालाका पेटीहरुलगायतका जुत्ता चप्पल उपलब्ध छन् । मेलामा ३ हजार भन्दा बढी मोडलका जुत्ता चप्पलहरु एकै स्थानमा खरिद तथा अवलोकन गर्न सकिने कार्यसमिति सदस्य तथा मेलाका सहसंयोजक जीवन श्रेष्ठले जानकारी दिए ।

मेलामा स्वदेशी चर्चित ब्राण्डहरु बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, स्मार्ट, स्टाइल, सिललगायत अन्य विभिन्न ब्राण्डहरुका जुत्ता चप्पल उपलब्ध रहेको संयोजक उपाध्यायले जानकारी दिए ।

You might also like

Comments are closed.