काठमाडौं । काठमाडौंको पुतली सडकस्थित पद्मोदय मोडमा रहेका जुत्ता शोरुममा जुत्ता चप्पल एक्स्चेन्ज मेला जारी छ । जाडो तथा विवाहको लगनलाई लक्षित गरी मेला लम्ब्याइएको संचालक प्रमोद महतोले जानकरी दिए ।
जोडो बढ्दै गएको र विवाहको लगन सुरु हुन थालेसँगै मेलाप्रति ग्राहकहरुको आकर्षण बढ्दै गएको संचालक महतोले बताए । मेलामा पुरानो जस्तोसुकै जुत्तालाई ५ सय रुपैयाँ मूल्यांकन गरि एक्स्चेन्ज गरिने र नयाँ हरेक जुत्ता चप्पल खरिदमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको उनले जानकारी दिए । ‘फुरानो जुत्ता फोहरमा फाल्नुको सट्टा एक्स्चेन्ज गर्दा धेरै ग्राहक लाभान्वित हुने गरेको हामीले पाएका छौं,’ उनले भने ।
सिंह दरबारतर्फबाट पद्मोदय मोडबाट फनपार्क जाने बाटोतर्फ रहेका केटिएम सुज, सम्राट सुज, स्मार्ट सुज र भेनस सुजको शोरुमले चार वटा ब्राण्डका ५ सयभन्दा बढी नयाँ डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध गराइरहेको छ ।

कम्पनीले एक्स्चेन्ज अफरको आठौं संस्करणको मेला आयोजना गरेको हो । यस अघिका मेलाहरुमा ग्राहकको बढ्दो आकर्षणलाई देखेर नै यसपटक पनि मेलाको आयोजना गरिएको संचालक महतोले जानकारी दिए ।
मेलामा पार्टी, अफिस, कलेज, स्पोर्टस, क्याजुअल, लोफर, क्व्याटर, फुललगायतका जुत्ताहरु शोरुममा उपलब्ध छन्।




Comments are closed.