काठमाडौं । फुटवयर म्यानुफ्याक्चर्र एसोसियसन अफ नेपालले आयोजना गरेको जाडोमा न्यानो अफर जुत्ता चप्प्ल मेला भृकुटीमण्डप जारी छ। जाडो मौषमलाई लक्षित गरी एसोसिएसलने मेला आयोजना गरेको पूर्व अध्यक्ष एवं मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।
मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको छ । मेला जाडो मौसम र लगन तथा शुभ मुहुर्तलाई मध्यनजर गर्दै आयोजना गरिएको मेलाप्रति ग्राहकको आकर्षण बढ्दै गएको अध्यक्ष उपाध्यायले बताए ।
मेलामा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ, जसका कारण धेरै ग्राहक लाभान्वित भएको उनको भनाइ छ। कात्तिक २४ गतेदेखि सुरु भएको मेला आगामी पुस २ गतेसम्म चल्नेछ।

मेलामा ३ हजार भन्दा बढी प्रकारका जुत्ता चप्पलहरु प्रदर्शन एवं बिक्रीमा राखिएको मेला सहसंयोजक जीवन श्रेष्ठले जानकारी दिए । ‘बच्चादेखि वृद्धसम्म सबैलाई मिल्ले लेडिज, जेन्स, लेदर तथा स्पोर्टस जुत्ताहरु उपलब्ध छन्,’ उनले भने ।
स्वदेशी चर्चित ब्राण्डहरु बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, स्मार्ट, स्टाइल, सिललगायत अन्य विभिन्न ब्राण्डहरुको जुत्ता चप्पलको स्टल मेलामा राखिएको छ, जसका कारण मेलाबाट धेरै ग्राहकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ।
मेलामा सय रुपैयाँको चप्पलदेखि १० हजार रुपैयाँसम्मका जुत्ताहरु खरिद गर्न सकिने संघका उपाध्यक्ष एवं रन सुजका प्रवन्ध निर्देशक रुद्र न्यौपाने जानकारी दिए ।




Comments are closed.