४ लाखले अवलोकन गरे ‘जाडोमा न्यानो अफर जुत्ता चप्पल मेला’

करिब ३० हजार जोर जुत्ता बिक्री

काठमाडौं । ‘जाडोमा न्यानो अफर जुत्ता चप्पल मेला’ यतिबेला काठमाडौंको भृकुटीमण्डपस्थित ठूलो चौरमा जारी छ । फुटवयेर म्यानुफ्यक्चर्स एसोसियसन अफ नेपालले मेलाको आयोजना गरेको हो ।

मेला जाडो मौषम, लगन तथा शुभ मुहुर्तलाई मध्यनजर गरी आयोजना गरिएको एसोसियसनका पूर्व अध्यक्ष एवं मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । संयोजक उपाध्यायका अनुसार मेलाको हालसम्म करिब ४ लाखले अवलोकन गरिसकेका छन् । मेलामा अन्य भन्दा शनिबारका दिन ग्राहकको बढी भिडभाड हुने गरेको उनले बताए ।

बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको मेलामा हालसम्म ३० हजार जोर जुत्ता बिक्री भइसकेको संयोजक उपाध्यायले जानकारी दिए । जाडो सिजन भएका कारण न्यानो जुत्ता चप्पलहरु बढी बिक्री भइरहेको उनले बताए । साथै विवाहको लगनको सिजन भएका कारण पार्टी सुजप्रति पनि ग्राहकको आकर्षण बढ्दै गएको अध्यक्ष उपाध्यायले बताए ।

footwear zone

मेलामा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ, जसका कारण धेरै ग्राहक लाभान्वित भएको उनको भनाइ छ । कात्तिक २४ गतेदेखि सुरु भएको मेला आगामी पुस २ गतेसम्म चल्नेछ ।

मेलामा ३ हजार भन्दा बढी प्रकारका जुत्ता चप्पलहरु प्रदर्शन एवं बिक्रीका लागि राखिएको मेला सहसंयोजक जीवन श्रेष्ठले जानकारी दिए । मेलामा बच्चादेखि वृद्धसम्म सबैलाई मिल्ले लेडिज, जेन्स, लेदर तथा स्पोर्टस जुत्ताहरु उपलब्ध रहेको सहसंयोजक श्रेष्ठले बताए ।

स्वदेशी चर्चित ब्राण्डहरु बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, स्मार्ट, स्टाइल, सिललगायत अन्य विभिन्न ब्राण्डका जुत्ता चप्पलको स्टल मेलामा राखिएको छ । मेलामा सय रुपैयाँको चप्पलदेखि १० हजार रुपैयाँसम्मका जुत्ताहरु खरिद गर्न सकिने संघका उपाध्यक्ष एवं रन सुजका प्रवन्ध निर्देशक रुद्र न्यौपाने जानकारी दिए ।

You might also like

Comments are closed.