‘जाडोमा न्यानो अफर जुत्ता चप्पल मेला’जारी, करिब ३० हजार जोर जुत्ता बिक्री

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित ठूलो चौरमा जारी ‘जाडोमा न्यानो अफर जुत्ता चप्पल मेला’ मा करिब ३० हजार जोर जुत्ता बिक्री भएका छन् ।

फुटवयेर म्यानुफ्यक्चर्स एसोसियसन अफ नेपालले जाडो मौषम, लगन तथा शुभ मुहुर्तलाई मध्यनजर गरी आयोजना गरेको मेलामा हालसम्म करिब करिब ४ लाखले अवलोकन गरिसकेका एसोसियसनका पूर्व अध्यक्ष एवं मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।

बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको मेलामा अन्य भन्दा शनिबारका दिन ग्राहकको बढी भिडभाड हुने गरेको संयोजक उपाध्यायले बताए । जाडो सिजन भएका कारण न्यानो जुत्ता चप्पलहरु बढी बिक्री भइरहेको उनले बताए । साथै विवाहको लगनको सिजन भएका कारण पार्टी सुजप्रति पनि ग्राहकको आकर्षण बढ्दै गएको अध्यक्ष उपाध्यायले बताए ।

footwear zone

कात्तिक २४ गतेदेखि सुरु भएको मेला आगामी पुस २ गतेसम्म चल्नेछ। मेलामा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ, जसका कारण धेरै ग्राहक लाभान्वित भएको उनको भनाइ छ।

मेलामा ३ हजार भन्दा बढी प्रकारका जुत्ता चप्पलहरु प्रदर्शन एवं बिक्रीका लागि राखिएको मेला सहसंयोजक जीवन श्रेष्ठले जानकारी दिए। मेलामा बच्चादेखि वृद्धसम्म सबैलाई मिल्ले लेडिज, जेन्स, लेदर तथा स्पोर्टस जुत्ताहरु उपलब्ध रहेको सहसंयोजक श्रेष्ठले बताए ।

स्वदेशी चर्चित ब्राण्डहरु बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, स्मार्ट, स्टाइल, सिललगायत अन्य विभिन्न ब्राण्डका जुत्ता चप्पलको स्टल मेलामा राखिएको छ।

You might also like

Comments are closed.