भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला जारी

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला जारी छ । फुटवयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालद्वारा आयोजित मेलामा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।

वैशाख १५ गतेबाट जारी मेलामा प्राय सबै दिन जुत्ता चप्पल खरिद कर्ताहरुको आकर्षण देखिएको एसोसिएसनका निबर्तमान अध्यक्ष कृष्णकुमार फुयाँलले जानकारी बताए ।

मेला जेठ ८ गतेसम्म चल्नेछ । मेलामा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल छन् । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएकोछ । मेलामा नेपालका चर्चित प्राय सबै ब्राण्डको सहभागिता रहेको जनाइएको छ ।

footwear zone

आन्तरिक उत्पादनलाई प्रवर्दन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ ।

प्रदर्शनीमा विशेष छुटमा जुत्ता चप्पलहरु बिक्री भएका छन् । मेलामा १० देखि ५० प्रतिशत भन्दा बढीसम्म छुटमा जुत्ता चप्पल खरिद गर्न सकिने अध्यक्ष नानीराज घिमिरेले बताए ।

राजधानी काठमाडौंमा एसोसिएसनले ६ महिनापछि बहृत खालको मेला आयोजना भएको हो ।

‘प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण देखिएको छ,’ उनले भने । प्रदर्शनीमा विशेष छुटमा जुत्ता चप्पलहरु बिक्री भएकाले धेरै उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने एसोसिएसनको विश्वास छ ।

You might also like

Comments are closed.