काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा फुटवेयर विजनेस एक्स्पो २०८० संचालन भइरहेको छ । असार १ गतेदेखि संचालन भएको एक्स्पो असार ३१ गतेसम्म संचालन हुने बताइएको छ ।
एक्स्पोमा शिखर सुज, रन सुज, बाम्बो सुज, सु ल्याण्ड वान वल्र्ड, भेनस सुज, पिजि सुज, हिमानी सुज, बोस सुन, फुट स्टेप लगायतका ३० भन्दा बढी कम्पनीले उत्पादन गरेका १ हजार २ सय भन्दा धेरै मोडलका जुत्ता चप्पल रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एक्स्पोमा जुत्ता चप्पल खरिद गर्दा विभिन्न उत्पादनमा १५ देखि ५० प्रतिशतसम्म छुट पाइने बताइएको छ ।
एक्स्पोमा पुरुष, महिला र बालबालिकाका लागि स्कुल सुज,कलेज सुज, क्याज्युल, पार्टीवेयर, स्पोर्ट सुज लगायतका जुत्ता चप्पल २५० देखि ५००० रुपैयाँ सम्ममा पाइने बताइएको छ ।

आम नेपाली जुत्ता, चप्पलका विषयमा सकारात्मकताको सञ्चार गर्न एक्स्पोले सघाउने र आम नेपालीहरुमा राष्ट्रियताको भावना प्रवद्र्धन गर्न पनि मद्दत आयोजकको भनाई छ । । गर्मी मौषमलाई लक्षित गरी वृहद र प्रभावकारी रुपमा फुटवेयर बिजनेस एक्स्पो संचालन गरिएको हो ।
विदेशी उत्पादनका बारेमा आम उपभोत्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउनुका साथै स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न एक्स्पोले महत्वपुर्ण भुमिका खेल्ने एक्स्पोका संयोजक गंगा श्रेष्ठले बताइन् ।
उपभोक्तानै उत्पादनलाई सफल बनाउने मूल पात्रहरु भएका हुँदा बास्तविक उपभोक्तासंग उत्पादकहरुले प्रत्यक्ष भेटी उनीहरुका गुनासो तथा राय सुझाव संकलन गरी कमी कमजोरीलाई सच्याउदै आफ्ना उत्पादनहरुमा सुधार ल्याउने शिखर सुजका संचालक रामकृष्ण प्रसाईंले बताए ।
अस्वस्थ प्रतिस्पर्धा लाई न्युनिकरण गराउदै उद्योगी व्यवसायी बिच एकका लागी सबै र सबैका लागी एक भन्ने भावना महशुस गराई दीगो हार्दिकता सृजना गर्नु मेलाको उद्धेश्य रहेको रन सुजका संचालक रुद्र न्यौपानेले जानकारी दिए ।
स्वदेशमा उत्पादित जुत्ता चप्पल एउटै छानामुनी उपभोक्ताले एकैपटक अवलोकन तथा खरिद गर्ने अवसर पाउने बोस सुजका जीवन श्रेष्ठले बताए ।
मेला अवधिमा २ लाख भन्दा बढि अवलोकन कर्ताहरुले भ्रमण गर्ने अनुमान र १ लाख जोर जुत्ता चप्पल विक्री हुने आयोजकको विश्वास छ ।




Comments are closed.