फुटवयर बिजेनस एक्स्पोमा नगद छुटसहित नगद उपहार योजना

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित फुटवयर बिजेनस एक्स्पोमा विशेष छुटसहित नगद उपहार योजना ल्याइएको छ । आयोजकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै यस्तो अफर ल्याएका हुन् । मेलामा आएर जुत्ता चप्पल खरिदमा फ्ल्याटमा २० प्रतिशत छुट प्रदान गरिने भएको छ । त्यसका साथै स्क्रयाच कुपनका आधारमा थप नगद उपहार प्रदान हुने भएको छ ।

कुपन स्क्र्याचमा न्युनतम ५० रुपैयाँदेखि बढीमा १० हजार रुपैयाँसम्म नगद उपहार जित्न सकिने आयोजक सबिन कार्कीले जानकारी दिए । यो अफर भदौ महिनाभर लागु हुने उनले जानकारी दिए । ‘ग्राहकको सुविधालाई ध्यानमा राखेर यो अफर ल्याएका हौं,’ उनले भने, ‘मेलामा आएर नियमित धेरै ग्राहकले जुत्ता चप्पल खरिद गरिरहनुभएको छ । उहाँहरुलाई हामीले फरक फरक शैलीमा उपहार योजना तथा नगद छुटका प्याकेजहरु ल्याउँछौं ।’

footwear zone

हात खाली नहुने अफर अन्तर्गत स्क्र्याच कुपनका आधारमा नगद जितेर धेरै ग्राहकहरु लाभान्वित हुने आयोजकको विश्वास छ । जुत्ता चप्पल खरिद गरेपश्चात ग्राहकले सोही ठाउँमा कुपन स्त्र्mयाच गर्न सक्नेछन् । नगद पनि तत्काल हस्तान्तरण गरिने बताइएको छ ।

मेलामा १० वटा कम्पनीका ३० वटा ब्राण्डका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । मेलामा १ हजार ५ सय भन्दा बढी मोडलका जुत्ता चप्पल उपलब्ध रहेको आयोजक गंगा श्रेष्ठले जानकारी दिए । मेलामा २ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको जुत्ता चप्पल उपलब्ध रहेको बताइएको छ । हालसालै बजारमा आएका आधुनिक मोडलका जुत्ता चप्पल पनि मेलामा राखिएका छन् ।

‘सबै उमेर समूहका लागि जुत्ता चप्पल सपिङको लागि भृकुटी मण्डप मेला उपयुक्त स्थल बनेको छ,’ उनले भने, ‘बजारमा चलेको मूल्य भन्दा सस्तोमा यहाँ जुत्ता चप्पल बिक्री भइरहेकाले पनि उपभोक्ताहरु आकर्षित भएको हामीले पाएका छौं ।’ ग्राहकले आफ्नो आवश्यकता र चाहना अनुसारको जुत्ता चप्पल मेलामा खरिद गर्न सक्नेछन् ।

You might also like

Comments are closed.