काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला हुँदैछ । फुटवयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपालको आयोजनामा वैशाख १५ गतेदेखि जेठ ८ हुन लागेको हो ।
एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल रहने एसोसिएसनले जनाएको छ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको एसोसिएसनका अध्यक्ष नानिराज घिमिरेले जानकारी दिए । एक्स्पोमा नेपालमा चर्चित सबै ब्राण्डको सहभागिता रहने मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए ।
मेलामा भारी छुटमा उपभोक्ताले जुत्ता चप्पल खरिद गर्न सक्नेछन् । ‘१० देखि ५० प्रतिशतसम्म छुट प्रदान हुनेछ ।’ राजधानी काठमाडौंमा एसोसिएसनले ६ महिनापछि बहृत खालको मेला आयोजना भएको हो ।

आन्तरिक उत्पादनलाई प्रवर्दन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको एसोसिएसनका उपाध्यक्ष रूद्रप्रसाद न्यौपानेले बताए । मेलामा देशका चर्चित ब्रान्डको प्रतिनिधित्व रहनेछ । प्रदर्शनीमा जुत्ता चप्पल खरिद गर्ने ग्राहकहरुको उपस्थिति बाक्लो रहने आयोजकको विश्वास छ । ‘प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण रहनेछ,’ उनले भने ।

प्रदर्शनीमा विशेष छुटमा जुत्ता चप्पलहरु बिक्री हुने भएकाले उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने एसोसिएसनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले बताए ।
उद्योगी र ग्राहकलाई सहज हुने गरी मेला आयोजना गरिएको हो । एसोसिएसनले अबदेखि वर्षमा २ पटकमात्रै यस प्रकारको मेला आयोजना गर्ने र अर्को मेला आगामी मंसिरमा मात्रै हुने अध्यक्ष घिमिरेले जानकारी दिए । ‘वर्षमा २ पटक मात्रै मेला आयोजना गरी उपभोक्तालाई स्वेदशी ब्राण्डका गुणस्तरीय प्रडक्ट उपलब्ध गराउन हामी प्रद्धिबद्ध छौं ।’




Comments are closed.