काठमाडौं । बझाङको दुर्गाथलीका बुद्ध दौल्याल शुक्रबार काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल खरिद गर्न पुगे । त्यहाँ आयोजित जुत्ता चप्पल मेलामा विशेष छुट उपलब्ध रहेको जानकारी पाएर उनी त्यहाँ पुगेका थिए । मूल्यमा २० प्रतिशत छुट लिएर उनले बाम्बो ब्राण्डको जुत्ता एक जोर किने ।
जुत्ता किनिसकेपछि उनले एउटा स्क्र्याच कुपन प्राप्त गरे । यहाँ सपिङ गर्ने सबैले स्क्र्याच कुपन पाउँछन् । जुन कुपनमा न्युनतम ५० रुपैयाँदेखि बढीमा १० हजार रुपैयाँसम्म नगद उपहार प्रदान गर्ने व्यवस्था आयोजकले मिलाएका छन् । स्क्र्याच कुपन खरिदमा १० हजार रुपैयाँ नगद उपहार जितेपछि बझाङका युवा बुद्ध हर्षित देखिए । एक जोर जुत्ता खरिद गर्दा १० हजार नगद उपहार पर्छ भनेर आफूले सोच्दै नसोचको उनले बताए ।
बुद्धले जस्तै हरेक ग्राहकले स्क्र्याच कुपनमा नगद उपहार जितिरहेका छन् । ‘हात खाली नजाउने उपहार अन्तर्गत यो योजना ल्याइएको हो,’ आयोजक सबिन कार्कीले भने । यो अफर भदौ महिनाभर लागु हुने उनले जानकारी दिए । २० प्रतिशत छुटको साथमा स्क्र्याच कुपनमा थप नगद उपहार राख्दा धेरै ग्राहकहरु प्रत्यक्ष लाभान्वित भइरहेको आयोजक गंगा श्रेष्ठले बताए ।

मेलामा १० वटा कम्पनीका १ हजार ५ सय भन्दा बढी मोडलका जुत्ता चप्पल बिक्रीमा राखिएका छन् । बजारमा आएका नयाँ मोडलका जुत्ता चप्पल पनि मेलामा उपलब्ध रहेको बताइएको छ ।




Comments are closed.