‘पोखरा फुटवयर बिजनेस सेन्टर’ शनिबार पनि खुल्ला रहने

पोखरा । पोखराको सिर्जनाचोकमा सञ्चालनमा आएको ‘पोखरा फुटवयर बिजनेस सेन्टर’ शनिबार पनि खुल्ला रहने भएको छ । पोखराका ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै शनिबार पनि बिजनेस सेन्टर खुल्ला रहने सञ्चालकहरुको भनाइ छ ।

बिजनेस सेन्टरमा १० वटा कम्पनीका जुत्ता चप्पलहरुको सामुहिक बिक्री केन्द्र स्थापना गरिएको हो । हालै पोखरामा सञ्चालनमा आएको उक्त बिक्री केन्द्रबाट जुत्ता चप्पलका ग्राहकहरु लाभान्वित भएको लगानीकर्ताहरुको विश्वास छ ।

एउटै छानामुनी धेरै कम्पनीका ३० भन्दा बढी ब्राण्डका १ हजार ५ सय भन्दा बढी मोडलका जुत्ता चप्पल बिक्री कक्षमा राखिएको सञ्चालक सबिन कार्कीले जानकारी दिए । ‘पोखरामा सञ्चालनमा आएको छोटो समयमा ग्राहकबाट उत्साहजनक उपस्थिति रहेको छ र सकारात्मक प्रतिक्रिया भएका छौं,’ उनले भने, ‘ग्राहकको आकर्षणबाट हामीहरु उत्साही भएका छौं ।’

footwear zone

काठमाडौंको मूल्य भन्दा पनि सस्तोेमा पोखरामा नै ग्राहकलाई जुत्ता चप्पल उपलब्ध गराउने उद्देश्य आफूहरुको रहेको कार्कीले जानकारी दिए ।

You might also like

Comments are closed.