फोर्स मोटर्स र माछापुच्छ्रे बैंकबीच सम्झौता, फोर्सका ग्राहकलाई सहज फाइनान्स सुविधा

पोखरा । फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. र माछापुच्छ्रे बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमबीच सम्झौता पत्रमा आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. का अध्यक्ष ध्रुवबहादुर थापा र माछापुच्छ्रे बैंकका गण्डकी प्रदेश प्रमुख दीनेश दवाडीले हस्ताक्षरण गरेका छन् ।

फोर्स मोटर्सका गाडी खरिद गर्ने ग्राहकलाई बैंकले देशभरका शाखाबाट सहज रुपमा फाइनान्स सुविधा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । फोर्स मोटर्सका सबै प्रकारका गाडीमा माछापुच्छ्रे बैंकले ७५ प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउनेछ । फोर्स मोटर्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको बैंकका प्रदेश प्रमुख दवाडीले बताए ।

उक्त अवसरमा आयाम इन्टरकन्टिनेन्टल प्रालिका निर्देशक निरन केसी र बैंकका महेन्द्रपुल शाखा प्रवन्धक प्रदीप श्रेष्ठको पनि उपस्थिति थियो । हिमालय अर्गनाइजेसन पोखराको प्रतिष्ठित व्यावसायिक घराना भएकाले अन्य व्यावसायिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने शाखा प्रवन्धक श्रेष्ठले बताए ।

footwear zone

आयामले बिगत ६ वर्षदेखि नेपालमा फोर्स मोटर्सका गाडीहरु बिक्री वितरण गरिरहेको छ । काठमाडौं, हेटौंडा, पोखरा र इटहरिमा आयामको आफ्नै शोरुम छन् भने नेपालका विभिन्न शहरमा डिलर नेटवर्क विस्तार गरी फोर्सका गाडी बिक्री वितरण भइरहेका छन् ।

बैंकसँगको सम्झौताले ग्राहकलाई थप सुविधा उपलब्ध हुने आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का अध्यक्ष ध्रुवबहादुर थापाले बताए । धेरै सिट क्षमता, इन्जिनको वारेन्टी ३ वर्ष वा ३ लाख किमी, मर्सिडिज इन्जिनको लाइसेन्स प्राप्प लगायतका विशेषताले फोर्स मोटर्सप्रति ग्राहकको आकर्षण बढेको निर्देशक निरन केसीले बताए ।

चाडपर्व लक्षित गरी फोर्सको ‘दसैं आशिर्वाद उपहार’ योजना

दशैं र तिहारको अवसरमा फोर्स मोटर्सका ग्राहकले विशेष छुट पाउने भएका छन् । हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘दशैं आर्शिवाद उपहार’ योजना हालै सार्वजनिक गरेको हो ।

यो अफर अन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्राक्सक्रुजर जीप खरिदमा ९ महिनासम्म किस्ता व्याज तिर्न नपर्ने, ९ लाख रुपैयाँ मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने, अथवा स्क्र्याच कुपन मार्फत २ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म पक्का मध्ये कुनै एक अफर ग्राहकले रोज्न सक्नेछन् ।

ट्राक्स कार्गोकिङ पिक अपको खरिदमा ८ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने, ५ लाख ५० हजार रुपैयाँ मात्र डाउन पेमेन्टमा गाडी निकाल्न मिल्ने अथवा स्क्र्याच कुपन मार्फत १ देखि ५ लाख रुपैयाँसम्म पक्का मध्ये कुनै एक अफर ग्राहकले रोज्न पाउने हिमालय अर्गनाइजेसनका महाप्रवन्धक मनोज इटनीले जानकारी दिए ।

२६ सिट क्षमता भएको Traveller (T2) मिनीबसको खरिदमा ७ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने, १२ लाख रुपैयाँ मात्र डाउन पेमेन्टमा गाडी निकाल्न मिल्ने अथवा स्क्र्याच कुपन मार्फत २ देखि ६ लाख रुपैयाँसम्म पक्का मध्ये कुनै एक अफर रोज्न पाइनेछ ।

कम्पनीले सबै भन्दा धेरै सिट क्षमताको जिप (१४ सिट) र मर्सिडिज बेन्ज इन्जिन जडित जिप तथा पिक अप, डेलिभरी भ्यान, बस लगायतका गाडीहरुको आयात तथा बिक्री वितरण गर्दै आइरहेको प्रवन्धक सुमन सापकोटाले जानकारी दिए ।

You might also like

Comments are closed.