काठमाडौं । फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्सको सातौँ राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको छ ।
आइतबार काभ्रेको धुलिखेलमा सम्पन्न भएको सातौँ राष्ट्रिय अधिवेशनबाट केन्द्रीय समितिको अध्यक्षमा डा. नेत्र राज चटाैत चयन भएका छन् । त्यस्तै समितिको उपाध्यक्ष (सुनिल चालिसे, विजय झा, केदार जी कडेल) चयन भएका छन् भने महासचिवमा निर्मल सापकोटा सर्वसम्मत चयन भएका छन् ।
सचिवमा हरि वहादुर वस्नेत र गणेश ज्ञवाली चयन भएका छन् । कोषाध्यक्षमा प्रेमा दाहाल चयन भएकी छन् । त्यस्तै गण्डकी प्रदेशबाट राजिव पहारी ( चरक एकेडेमी) केन्द्रीय संरक्षण समिति सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

फेवासिटी ईन्टिच्युट अफ मेडिकल साईन्सका दिनेश बाबु खड्का केन्द्रीय सल्लाकार सदस्यमा चयन भएका छन् भने टंक अधिकारी केन्द्रीय सल्लाकार सदस्यमा चयन भएका छन् ।
यस्तै आर्थिक संयोजक तथा केन्द्रीय सदस्यमा चरक ईन्टिच्युट अफ हेल्थ साई्न्सका कपिल पोख्रेल सर्वसम्वत चयन भएका छ ।




Comments are closed.