फोटोन मोटर्सले वातावरणमैत्री इलेक्ट्रिक भ्यान नेपाली बजारमा ल्याउँदै

काठमाडौं । फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कूल भ्यान नेपाली बजारमा ल्याउने भएको छ ।

फोटोनका यी भ्यानहरु १०० KW (१३६HP) भन्दा बढी इन्जिन क्षमताको रहेका छन् । यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २५० किलोमिटर रहेको छ ।आजको विश्वको मुख्य चुनौती वातावरण प्रदूषण हो, बिजुली गाडीबाट वातावरण प्रदूषण नगन्य मात्रामा हुने भएकोले गर्दा अबको फोटोन को यात्रा बिजुली गाडी तिर बडी केन्द्रित हुनु सकारात्मक रहेको छ ।

फोटोन मोटर्सले वातावरणमैत्री एवम् जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्गो भ्यान नेपाली बजारमा ल्याउने भएको हो। वातावरणमैत्री एवम् जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बिजुलीबाट उत्पादित यस्ता प्रकारका भेहिकल प्रति उपभोक्ताहरुको राम्रो ध्यानाकर्षण भईरहेको र मागहरु बढ्दै गईरहेको तथ्य पछिल्लो बजार तथ्याङ्कले पनि दर्शाएको छ।  बिजुली आपूर्ति सहजहुदाँ डिजेल भन्दा बिजुली गाडी सञ्चालन खर्च कमहुने अन्तराष्ट्रिय अध्ययनहरुले प्रमाणित गरिसकेको छ ।

footwear zone

लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाईकल, स्कुटर आदि उत्पादनमा चीन अरु राष्ट्रहरु भन्दा धेरै माथि रहेको अवस्था छ । उत्पादन संख्या धेरै भएको चिनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मूल्यमा मागअनुसार निर्यात गरिरहेको छ ।

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९-सिट क्षमताको भ्यान भ्यु सीएस२ एल १६-सिट क्षमताको भ्यान भ्यु सीएस२, १५-सिट क्षमताको भ्यान भ्यु सी२ र विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।

You might also like

Comments are closed.