निःशुल्क आँखा शिविर

 

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–७ गोविन्दपुरमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य नेजामुद्दीन समानीको पहलमा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीको समन्वय र माट्रिकाआई फाउन्डेसनको सहयोगमा सञ्चलित सो शिविरमा २५५ जनाको आँखाको परीक्षण गराउँदा १४५ जनामा मोतिया बिन्दु फेला परेको टैरीमाई युवा क्लब जगतपुरका उपाध्यक्ष राधेश्यामकुमार सोनारले बताए ।

मोतिया बिन्दुको समस्या देखिएका बिरामीको वीरगञ्जमा निःशुल्करुपमा शल्यक्रिया हुने बताइएको छ । शिविरमा निःशुल्क आँखा परीक्षण तथा निःशुल्क औषधि वितरणको व्यवस्था गरिएको केन्द्रीय सदस्य समानीले जानकारी दिनुभयो । शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ ।

footwear zone

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले उद्घाटन गरेको शिविरमा केन्द्रीय सदस्य समानी, पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुन, पोखरिया नगरपालिका–७ गोविन्दपुरका वडाध्यक्ष नन्द कुर्मी, खलिल मियाँ, परमानन्द कुर्मीलगायतले बिरामीको आँखा परीक्षणमा सहजीकरणगरेको वडाध्यक्ष कुर्मीले जानकारी दिए ।

You might also like

Comments are closed.