युरोपेली देशमा ग्यासको मूल्य एकै दिनमा २ प्रतिशतले बढ्यो

काठमाडौं । रुसले ग्यास आपूर्ति घटाएपछि युरोपेली देशमा २४ घण्टामै २ प्रतिशत भन्दा बढीले ग्यासको मूल्य बढेको छ । रुसले नोर्ड स्ट्रिम वान पाइपलाईबाट पठाउने ग्यासको मात्रा आधाले कटौती गरेको छ।

रुसले बारम्बार ग्यास आपूर्ति कटौती गर्ने धम्की दिएपछि जर्मनी लगायतका युरोपेली रुसबाट आयात गर्ने ग्यासको मात्रा घटाउने निर्णय गरेका थिए ।

लगत्तै रुसले पनि आपूर्ति घटाएपछि युरोपमा ग्यासको चरम संकट उत्पन्न हुने देखिएको छ । रुसको ग्याजप्रोम ग्यास कम्पनीले पाइपलाइन मर्मतका लागि भन्दै आपूर्ति घटाएको हो ।

footwear zone

गत वर्ष प्रति मेगावाट ३७ युरो रहेको ग्यासको मूल्य अहिले २०४ युरो पुगिसकेको छ । ठूलो मात्रामा रुसी ग्यास आपूर्ति नगर्ने बेलायतमा पनि बुधबारबाट ७ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

You might also like

Comments are closed.