फुजिमा आयलले बीमामार्फत उपभोक्तालाई क्षतिपूर्ति दिने

विराटनगर । फुजिमा आयल कम्पनी प्रालिले आफ्नो उत्पादनले कुनै पनि हानी नोक्सानी भएमा बीमाबापत उपभोक्तालाई नोक्सानी बेहोर्ने योजना ल्याएको छ ।

कम्पनीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका निर्देशक सुबोध कोइरालाले २०५२ सालदेखि आफ्ना गुणस्तरीय उत्पादन बजारमा ल्याएको कम्पनीले उपभोगकर्ता माझ अझ दरिलोरुपमा उभिन र यसको प्रयोग बढाउन बीमा योजना ल्याएको बताए ।

स्वदेशी उत्पादनले मुलुकको अर्थतन्त्रमा पनि निकै टेवा दिने भएको उनको भनाइ थियो । वार्षिक करिब रु २० अर्बको कारोबार भइरहेको लुब्रिकेन्ट्समा नेपाली उत्पादनले ३५ प्रतिशत मात्र उपभोक्तामाझ पुग्न सफल भएको कम्पनीले यसको बजार बढाउन नै बीमाको योजना ल्याएको बताइएको छ ।

footwear zone

तीन दशकदेखि नेपाली बजारमा नेपाली उत्पादनलाई आम उपभोक्तासमक्ष पु¥याएर आम उपभोक्ताको मन जित्न सफल कन्ट्रोल लुब्रिकेन्ट्स, म्याजिक प्लस लुब्रिकेन्ट्स र रोयल लुब्रिकेन्ट्सको उत्पादक फुजिमा आयल कम्पनीले नेपालमै पहिलोपटक ऐतिहासिकरूपमा उत्पादनको प्रयोगपछिको ग्यारेन्टी बीमा गरेको निर्देशक कोइरालाले बताए ।

You might also like

Comments are closed.