बजेट स्वागत योग्य, कार्यान्वयन हुनुपर्छ : सांसद् थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको सुझाव दिए ।

प्रतिनिधिभसभाको आजको बैठकमा बजेट माथिको सैद्धान्ति छलफलमा भाग लिँदै उनले करमा छुटेका कुरालाई समेत एक ठाउँमा ल्याउनु पर्नेमा जोड दिए। “ बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ”, उनले भने, “तर अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई बोलाएर बजेट कार्यान्वयनको विषयमा छलफल गर्न जरुरी छ, व्यापार घाटा घटाउने विषयमा सही नीति ल्याएको छ ।”

सांसद् थापाले मन्त्रालयहरूले आफ्नो प्राथमिकता बताएअनुसार बजेट आएको र सामाजिक सुरक्षाका कुरा स्वागतयोग्य भएको बताए। “सामाजिक सुरक्षाका विषय स्वागतयोग्य छन्”, उनले भने, “प्रत्येक सरकारले सामाजिक सुरक्षाका विषय थप्दै जाँदा दायित्व पनि बढ्दै जान्छ, यस कुरालाई ध्यान दिनुपर्छ ।”

footwear zone

उनले बजेटका स्रोतहरूमा पारदर्शिता कुरामा स्पष्ट हुनुपर्ने र बजेट भनेको भाग्यको चिठ्ठाजस्तो हुन नहुने सुझाव दिए। उनले भने, “कृषिको आत्मनिर्भर बनाउने कुरा अत्यन्तै राम्रो छ, यसमा अर्थ मन्त्रालयले नै ध्यान दिएर काम गर्नुपर्छ ।”

उनले प्रदेश र स्थानीय तहको बजेट आउँदै भएपनि अहिलेसम्म त्यसबारे छलफल नभएको बताए। बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल जारी छ ।

You might also like

Comments are closed.