काठमाडौं । २०२२/२०२३ का लागि गण्डकी टोस्ट मास्टर्स क्लवको अध्यक्षमा बसन्त गौतम चयन भएका छन् । क्लबको चौथो अधिबेशनले उनलाई अध्यक्षमा चयन गरेको हो ।
निर्वतमानअध्यक्षमा वैभव पौडेल चयन भएका छन् । त्यस्तै क्लबको भाइस प्रेसिडेन्ट एजुकेसनमा श्रीविद्या रघुनाथन कायस्थ चयन भएकी छन् ।
त्यस्तै, भाइस प्रेसिडेन्ट मेम्वरसिपमा प्रकास रेग्मी चयन भएका छन् भने भाइस प्रेसिडेन्ट पब्लिक रिलेसन्स आदित्य देव प्रजु चयन भएका छन् ।

त्यस्तै क्लवको महासचिवमा सुरज गुरुङ चयन भएका छन् । साथै कोषाध्यक्षमा विवेक श्रेष्ठ र सर्जेन्ट एट आर्मसमा महिमा प्रिति शेरचन चयन भएका छन् ।





Comments are closed.