पोखरा । गण्डकी ट्रक यातायात व्यवसायी संघको ४३ औं साधारण सभा तथा २० औं अधिवेशनले रवीन्द्र गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको बरिष्ठ उपाध्यक्ष विकास थापा, प्रथम उपाध्यक्ष ईश्वर कुमार श्रेष्ठ, द्वितिय उपाध्यक्ष दुर्गादत्त भुगाई, महासचिव रामचन्द्र सुवेदी , सचिव होम बहादुर कार्की , कोषाध्यक्ष अनिल विक्रम खाँण, सह कोषाध्यक्ष गंगा कुमारी खनाल रहेका छन् । त्यसैगरि सदस्यमा रुद्रनाथ अधिकारी , शशि विक्रम राणा निर्वाचित भएका छन् । संघको निर्वतमान अध्यक्ष कृष्णहरी जि.सि रहेका छन् ।
नव निर्वाचित कार्यसमितको पदस्थापन कार्यक्रम पनि सोही स्थानमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम निर्वाचन संयोजक अधिवक्ता दामोदर अधिकारीको सभापतित्वमा भएको थियो । पदस्थापन कार्यक्रममा निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समिति , संघका निर्वतमान अध्यक्ष र नेपाल ट्रक यातायात व्यवसायी महासंघका गण्डकी प्रदेश संयोजक तथा संघका भु.पु. अध्यक्ष लिलाधर बरालले बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।

नव निर्वाचित अध्यक्ष गिरीले प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा निर्वाचन संयोजक दामोदर अधिकारीले नव निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए भने निवर्तमान अध्यक्षले नव निर्वाचित अध्यक्षलाई माइन्यूट हस्तान्तरण गरेका थिए ।
पदस्थापन कार्यक्रमसंचालन निर्वाचन मण्डलका शिव वाग्लेले गरेका थिए ।




Comments are closed.