काठमाडौं । युवा उद्यमी गणेश कार्की ‘जनसेवा श्री’ विभूषणबाट विभूषित भएका छन् । वैशाख १ गते राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच उनी विभूषित भएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई उक्त पदकबाट सम्मान गरेका हुन् ।
नेपालका लागि मोरिससका अवैतानिक वाणिज्य दूतसमेत रहेका उनी ऊर्जा लगायतका व्यवसायमा एवं सामाजिक क्षेत्रमा सक्रिय छन् । उनी रोटरी क्लब अफ पाटन हेरिटेजका संस्थापक अध्यक्षसमेत हुन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानका उपाध्यक्षको जिम्मेवारीमा समेत उनी छन् ।

राष्ट्रिय गौरवका रुपमा लिइयो उक्त पदक प्राप्त हुँदा गौरव महसुस भएको उनले बताए । ‘सामाजिक एवं व्यावसायिक क्षेत्रमा अझै सक्रियताका साथ अगाडि बढ्ने प्रेरणा मिलेको छ,’ उनले भने ।




Comments are closed.